कोरोनाको परीक्षण र उपचार निःशुल्क नगरे सरकारी अस्पताललाई कारबाहीः मन्त्रालय

    • स्वास्थ्य पेज

  • ३ मंसिर २०७७, बुधबार

 

काठमाडौं ३, मंसिर ।

सरकारले कोरोनाको उपचार तथा परीक्षण निशुल्क नगरे सरकारी अस्पताललाई कारबाही गर्ने भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रले सूचीकृत कोरोना अस्पतालले निशुल्क उपचार गर्नुपर्ने भन्दै त्यसो नगरे कारबाही गरिने स्पष्ट पारेको हो।

केन्द्रले यसअघि नै निशुल्क उपचार गर्न भन्दै सबै कोभिड अस्तपाललाई पत्राचारसमेत गरेको थियो। तर धेरैजसो सरकारी अस्तपालले नै कोरोनाको उपचार तथा परीक्षणमा शुल्क असुल्न छोडेका छैनन्।

  • ३ मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech