बाँकेका विभिन्न प्रयोगशालामा जिल्ला बाहिरका १८ जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ३ मंसिर २०७७, बुधबार

 

नेपालगन्ज ३, मंसिर ।

बाँकेमा रहेका तीनवटा पीसीआर प्रयोगशालामा बुधवार जिल्ला बाहिरका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ७ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ९ जना र बागेश्वरी ल्याबमा २ जना गरि १८ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

संक्रमण पुष्टि हुनेहरु ८ जना महिला र ८ जना पुरुष हुनुहुन्छ ।

  • ३ मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech