बुधवार बाँकेमा १९ जना कोभिड संक्रमित थपिए, संक्रमित संख्या ३६२४ पुग्यो

    • स्वास्थ्य पेज

  • ३ मंसिर २०७७, बुधबार

 

नेपालगन्ज ३, मंसिर ।

बाँकेमा रहेका तीनवटा पीसीआर प्रयोगशालामा बुधवार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा रहेका नेपालगन्ज मेडिकल कलेज कोहलपुर पीसीआर प्रयोगशालामा ८ जना, भेरी अस्पताल प्रयोगशालामा ९ जना, बागेश्वरी डाइग्नोस्टिकको कोहलपुर स्थित प्रयोगशालामा २ जना गरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधवार संक्रमण पुष्टि हुनेमा ११ जना पुरुष र ८ जना महिला रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोना संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ३ हजार ६२४ पुगेको छ । जिल्लामा कोरोना संक्रमणका कारण ३७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै बाँकेमा उपचारका लागि बाहिर बाट आइ ज्यान गुमाउनेको संख्या भने ४० छ । जिल्लाका विभिन्न आइसोलेसनमा १९४ जना स्वास्थ्य लाभ गरिहेको केन्द्रले जनाएको छ ।

  • ३ मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech