कोरोना संक्रमणबाट थप १२ जनाको मृत्य, मृतकको संख्या १ हजार २५९ पुग्यो

    • स्वास्थ्य पेज

  • ३ मंसिर २०७७, बुधबार

तस्विर: फाइल

काठमाडौं ३, मंसिर ।

पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा १२ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २५९ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।

हालसम्म संक्रमित मध्ये १ लाख ८२ हजार ७८० निको भइसकेका मन्त्रालयले जनाएको छ ।

  • ३ मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech