किस्ट अस्पताल ग्वार्कोमा कोरोना संक्रमित ७० वर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३ मंसिर २०७७, बुधबार

तस्विर: फाइल

 

 

काठमाडौं ३, मंसिर ।

किस्ट अस्पताल ग्वार्कोमा कोरोना संक्रमित एकजना विरामीको मृत्यु भएको छ ।

ललितपुर महालक्ष्मीस्थानकी ७० वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । स्वास्थ्यमा समस्या भएपछि कात्तिक २७ गते उनि अस्पताल भर्ना भएको र सोही दिन पीसीआर परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको थियो ।

कोभिड पुष्टि भएपछि अस्पतालको आईसीयूमा राखेर उपचार सुरु गरिएको भएपनि स्वास्थ्यमा सुधार नआउँदा उनको मृत्यु भएको हो ।

 

  • ३ मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech