विश्वभर कोभिड संक्रमणका कारण १३ लाख २४ हजार २४९ जनाले ज्यान गुमाए

    • स्वास्थ्य पेज

  • ३ मंसिर २०७७, बुधबार

तस्विरः फाइल

 

काठमाडौं ३, मंसिर ।

विश्वभर ५ करोड ४७ लाख ७१ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ५६ हजार ७५१ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितहरुको संख्या ५ करोड ४७ लाख ७१ हजार ८८८ पुगेको हो।

विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८७१ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै विश्वभर कोभिड संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ लाख २४ हजार २४९ पुगेको छ ।

अमेरिका, भारत, ब्राजिल लगायतका देश कोभिडका कारण बढी प्रभावित छन् ।

 

  • ३ मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech