बाँकेमा थप १९ जना संक्रमण मुक्त, पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३ मंसिर २०७७, बुधबार

तस्बिर :फाईल

 

नेपालगन्ज ३, मंसिर ।

बाँकेका विभिन्न आइसोलेसनबाट बुधवार थप १९ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेट भएर स्वास्थ्य लाभ गरिरहेका १२ जना पुरुष र ७ जना महिला संक्रमण जितेर डिस्चार्ज भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

योसँगै जिल्लामा संक्रमण जितेर डिस्चार्ज हुनेहरुको संख्या ३ हजार ३९३ पुगेको छ । जिल्लाका विभिन्न आइसोलेसनमा १७५ जिल्लाकै र ३७ जना जिल्ला बाहिरका गरि करिब २१२ जना स्वास्थ्य लाभ गरिरहेका छन् । बाँकेमा विरामीको निको हुने दर प्रति सयमा ९४.१२ प्रतिशत रहेको छ ।

बाँकेमा पछिल्लो २४ घण्टामा ३ जना पुरुषको मृत्यु भएको केन्द्रले जानकारी दिएको छ ।

  • ३ मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech