कोरोना संक्रमित नेता भुषालको मृत्यु

    • स्वास्थ्य पेज

  • २ मंसिर २०७७, मंगलवार

तस्विरः फाइल

 

नेपालगन्ज २, मंसिर ।

कोराना संक्रमणका कारण नेकपा बाँकेका नेता चन्द्र भुषालको मृत्यु भएको छ ।

कोहलुर नगरपालिका-५ का ५८ वर्षिय भुषालले कात्तिक २९ गते कोरोना संक्रमण आशंकामा श्वाब दिनुभएको थियो । कोहलपुरका व्यवसायी भुषाललाई कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मुटुसम्बन्धी रोगबाट ग्रसित भुसालको नेपालगन्ज मेडिकल कलेजको पीसीआर ल्याबमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि होम आइसोलेसन बस्नुभएका भुसालको स्वास्थ्यमा समस्या आएपछि उहाँ मंसिर २ गते मंगलबार बिहान नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना हुनुभएको थियो ।

स्वास्थ्य झन् बिग्रदै गएपछि थप उपचारका लागि भेरी अस्पताल ल्याउँदै गर्दा मंगलबार साँझ ५:१५ बजे उहाँको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । मृतक भुसाल नेकपा बाँके जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।

योसँगै कोरोना संक्रमणका कारण बाँकेमा मृत्यु हुनेहरुको संख्या ३७ जना पुगेको छ ।

  • २ मंसिर २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech