मंगलबार देशभर ५०२ जना संक्रमित थपिए, २ हजार ८७८ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २ मंसिर २०७७, मंगलवार

 

काठमाडौं २, मंसिर ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ११२ जनाको पिसिआर परीक्षण गर्दा ५०२ संक्रमित थपिएका हुन् । योसँगै देशभर कोरोना संक्रमित हुनेहरुको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ८७८ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ।

देशभर ३० हजार ९८६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ । अब देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २४७ पुगेको छ ।

  • २ मंसिर २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech