भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमित ७५ वर्षिय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • २ मंसिर २०७७, मंगलवार

तस्विरः फाइल

 

नेपालगन्ज २, मंसिर ।

भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमित एक जना विरामीको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका-१५ दाङका ७५ वर्षिय कोभिड संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

कात्तिक २६ गते उपचारका लागि  नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज ल्याईएका उनमा कोभिड संक्रमण आशंका गरि श्वाब परीक्षण गरिएको थियो । नेपालगन्ज मेडिकल कलेज कोहलपुरको पीसीआर ल्याबमा कात्तिक २७ गते संक्रमण पुष्टि भएपछि साँझ ८:४० मा भेरी अस्पतालको आइसोलेसन वार्डमा थप उपचारका लागि भर्ना गरिएको थियो ।

रोगको प्रकृति अनुसार गर्नुपर्ने उपचार सबै गरेको भएपनि स्वास्थ्यमा सुधार नआउँदा उनको मंगलबार बिहान १०:२० मा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृतक पुरुषको केहि समय अगाडि मुटुको भल्भ सम्बन्धी अपरेशन गरिएको पारिवारीक श्रोतले जनाएको छ ।

योसँगै जिल्ला बाहिरबाट उपचारका लागि बाँकेमा आई ज्यान गुमाउनेहरुको कुल संख्या ३९ पुगेको छ ।

  • २ मंसिर २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech