नेपालगन्ज २, मंसिर ।
भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमित एक जना विरामीको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका-१५ दाङका ७५ वर्षिय कोभिड संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
कात्तिक २६ गते उपचारका लागि नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज ल्याईएका उनमा कोभिड संक्रमण आशंका गरि श्वाब परीक्षण गरिएको थियो । नेपालगन्ज मेडिकल कलेज कोहलपुरको पीसीआर ल्याबमा कात्तिक २७ गते संक्रमण पुष्टि भएपछि साँझ ८:४० मा भेरी अस्पतालको आइसोलेसन वार्डमा थप उपचारका लागि भर्ना गरिएको थियो ।
रोगको प्रकृति अनुसार गर्नुपर्ने उपचार सबै गरेको भएपनि स्वास्थ्यमा सुधार नआउँदा उनको मंगलबार बिहान १०:२० मा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृतक पुरुषको केहि समय अगाडि मुटुको भल्भ सम्बन्धी अपरेशन गरिएको पारिवारीक श्रोतले जनाएको छ ।
योसँगै जिल्ला बाहिरबाट उपचारका लागि बाँकेमा आई ज्यान गुमाउनेहरुको कुल संख्या ३९ पुगेको छ ।