विश्वभर कोभिड संक्रमितको संख्या ५ करोड ४३ लाख १ हजार १५६

    • स्वास्थ्य पेज

  • २ मंसिर २०७७, मंगलवार

 

काठमाडौं २, मंसिर ।

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ४३ लाख १ हजार १५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख २८ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको कुल संख्या ५ करोड ४३ लाख १ हजार १५६ पुगेको हो ।

विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ८५८ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या १३ लाख १६ हजार ९९४ पुगेको छ ।

अमेरिका, भारत, ब्राजिल लगायतका देश कोरोनाबाट बढी प्रभावित छन् ।

  • २ मंसिर २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech