दुई बर्षिय बालक सहित बाँकेमा ५६ जना कोरोना संक्रमण मुक्त, अधिकाशं होम आइसोलेसनबाट डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २ मंसिर २०७७, मंगलवार

तस्विर :फाइल

 

नेपालगन्ज २, मंसिर ।
बाँकेका रहेका विभिन्न आइसोलेसन(संस्थागत र होम आइसोलेसन) बाट मंगलबार ५६ जना  संक्रममण मुक्त भई डिस्चार्ज भएका छन् ।

कात्तिक २२ गते कोभिड-१९ संक्रमण पुष्टि भएपछि विभिन्न आइसोलेसनमा बसेका २४ महिला र ३२ जना पुरुष गरि जम्मा ५६ जना संक्रमण मुक्त भएका हुन् । मंगलबार संक्रमण मुक्त भएकाहरु अधिकाशं होम आइसोलेसनमा बसेकाहरु छन् ।

होम आइसोलेसनमा बसेका ४० बढी कोरोना संक्रमितहरु डिस्चार्ज भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । अधिकाशं खजुरा गाउँपालिकाका छन् ।

मंगलबार नेपालगन्ज १० का दुई बर्षिय बालकले होटल सिटी प्यालेसको आइसोलेसनबाट कोरोना जितेका छन् । योसँगै बाँकेमा कोरोना संक्रमण जितेर डिस्चार्ज भएकाहरुको संख्या ३ हजार ३७४ पुगेको छ ।

अब बाँकेका १९१ र जिल्ला बाहिरका ३३ गरि जम्मा २२४ जना विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

पछिल्लो २४ घण्टामा बाँकेमा १ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको केन्द्रले जनाएको छ ।

  • २ मंसिर २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech