नेपालगन्ज २, मंसिर ।
बाँकेका रहेका विभिन्न आइसोलेसन(संस्थागत र होम आइसोलेसन) बाट मंगलबार ५६ जना संक्रममण मुक्त भई डिस्चार्ज भएका छन् ।
कात्तिक २२ गते कोभिड-१९ संक्रमण पुष्टि भएपछि विभिन्न आइसोलेसनमा बसेका २४ महिला र ३२ जना पुरुष गरि जम्मा ५६ जना संक्रमण मुक्त भएका हुन् । मंगलबार संक्रमण मुक्त भएकाहरु अधिकाशं होम आइसोलेसनमा बसेकाहरु छन् ।
होम आइसोलेसनमा बसेका ४० बढी कोरोना संक्रमितहरु डिस्चार्ज भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । अधिकाशं खजुरा गाउँपालिकाका छन् ।
मंगलबार नेपालगन्ज १० का दुई बर्षिय बालकले होटल सिटी प्यालेसको आइसोलेसनबाट कोरोना जितेका छन् । योसँगै बाँकेमा कोरोना संक्रमण जितेर डिस्चार्ज भएकाहरुको संख्या ३ हजार ३७४ पुगेको छ ।
अब बाँकेका १९१ र जिल्ला बाहिरका ३३ गरि जम्मा २२४ जना विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।
पछिल्लो २४ घण्टामा बाँकेमा १ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको केन्द्रले जनाएको छ ।