काठमाडौं उपत्यकामा १७ हजार बढी सक्रिय संक्रमित

    • स्वास्थ्य पेज

  • १ मंसिर २०७७, सोमबार

 

काठमाडौं १, मंसिर ।

काठमाडौं उपत्यकामा करिब ९७ हजार १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ७८ हजार ६५०, भक्तपुरमा ७ हजार १३० र ललितपुरमा ११ हजार ३७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण जितेर उपत्यकामा ७९ हजार बढी डिस्चार्ज भएका छन् ।

विभिन्न आइसोलेसनमा करिब १७ हजार ६७१ जनाले स्वास्थ्य लाभ गरिरहेका छन् । कोभिड संक्रमणका कारण उपत्यकामा ४ सय ६३ जनाले ज्यान गुमाएका छन् ।

काठमाडौंमा ३०१, भक्तपुरमा ७६ र ललितपुरमा ८६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपत्यकाका तीन जिल्लासहित झापा, मोरङ, सुनसरी, चितवन, कास्की, नवलपुर, दाङ, रुपन्देही, पाल्पा र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

  • १ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech