बाँके बैजनाथका ६२ वर्षिय कोभिड संक्रमित पुरुषको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु

    • स्वास्थ्य पेज

  • १ मंसिर २०७७, सोमबार

तस्विर:फाइल

 

सुर्खेत १, मंसिर ।
प्रदेश अस्पताल सुर्खेतमा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका १ घर भई हाल विरेन्द्रनगर नगरपालिका ११ सुर्खेत बस्ने ६२ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि कात्तिक २६ गते प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि पुगेका उनमा सोही दिन कोभिड संक्रमण पुष्टि भएको थियो ।

आइसोलेसन वार्डमा राखि विरामीको उपचार सुरु गरिएपनि स्वास्थ्यमा सुधार नआउँदा उनको आज मंसिर १ गते सोमबार बिहान ५:५५ मा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १८ पुगेको छ ।

 

  • १ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech