विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ९४ हजारमा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १ मंसिर २०७७, सोमबार

 

काठमाडौं १, मंसिर ।

विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ९४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अब विश्वभर संक्रमित संख्या ५ करोड ३७ लाख ६६ हजार ७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ८ हजार २१२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

संक्रमणका कारण हालसम्म विश्वभर १३ लाख ८ हजार ९७५ जनाको मृत्यु भइसकेको छ । अमेरिका, ब्राजिल, भारत लगायतका देश कोरोनाबाट सबैभन्दा बढी प्रभावित छन् ।

  • १ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech