स्वास्थ्य सामग्री अभावले संक्रमित भए

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०७७, बिहीबार

कञ्चनपुर २२, जेष्ठ।
कञ्चनपुरका कोरोना संक्रमित स्वास्थ्यकर्मीले स्वास्थ्य सामग्री अभावका कारण आफू संक्रमित भएको दुखेसो पोखेका छन् । गुणस्तरयुक्त प्रयाप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन पटक पटक माग गरे पनि सरकारले नसुनेको गुनासो उनको छ ।

आफुलाई संक्रमण हुनुको मुख्य कारण भनेको स्वास्थ्य सुरक्षा सामग्री प्रयाप्त नभएर भएको उनको दावी छ । प्रयोग भएका स्वास्थ्य सामग्री पनि कमसल खालका छन् उनलेभ ने डब्ल्यूएचओको मापदण्ड अनुसारको नभएको हुनाले संक्रमण भएको हो ।

उनले आफू प्रयोगशालाकर्मी भएको र प्रयोगशालामा खटिनेहरुलाई सरकारले फरक नजरले हेर्ने गरेको गुनासोसमेत गरे । ‘कसैलाई पनि विभेद गर्नु भएन, समान तरिकाले हेर्नुपर्यो,’ उनले भने, ‘प्रयोगशालाकर्मीलाई एउटा दृष्टिकोणले हेर्ने, चिकित्सकलाई एउटा दृष्टिकोणले हेर्ने, नर्सलाई एउटा दृष्टिकोणले हेर्ने होइन, सबै समान हुन् । पर्दा पछाडिको डाक्टर प्रयोगशालाकर्मी हुन् तर त्यति सम्मानचाहिँ पाइँदैन ।’

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech