बाँकेका दुई अस्पतालमा कोरोनाका ४६ जना शिकिस्त, ४६ जना मध्यम र ६ जना सामान्य बिरामी

    • स्वास्थ्य पेज

  • ३० कार्तिक २०७७, आईतवार

तस्विरः फाइल

 

नेपालगन्ज ३०, कात्तिक ।

कोरोना संक्रमित बिरामीहरुको उपचार हुने बाँकेका दुई अस्पतालमा ९८ जना बिरामी स्वास्थ्य लाभ गरिरहेका छन् ।

भेरी अस्पताल नेपालगन्जमा ३३ जना शिकिस्त विरामी र ३५ जना मध्यम विरामीहरु उपचारमा रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । उता नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ६ जना सामान्य विरामी उपचारमा रहेका छन् ।

त्यस्तै उक्त अस्पतालमा १३ जना शिकिस्त र ११ जना मध्यम खालका विरामीहरु स्वास्थ्य लाभ गरिहरेका छन् । भेरी अस्पतालमा रहेका ६८ जना मध्य २६ जना महिला र ४२ जना पुरुष छन् भने मेडिकल कलेज कोहलपुरमा ९ महिला र २१ पुरषहरु रहेको केन्द्रले जनाएको छ । आइतबार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै शनिबार राती भेरी अस्पतालमा एक जना पुरुषको संक्रमणका कारण मृत्यु भएको थियो ।

  • ३० कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech