आइतबार बाँकेमा २६ जना संक्रमण मुक्त,बिरामीको निको हुने दर ९२.१४ प्रतिशत

    • स्वास्थ्य पेज

  • ३० कार्तिक २०७७, आईतवार

नेपालगन्ज ३०, कात्तिक ।

आइतबार बाँकेका विभिन्न आइसोलेसनबाट २६ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेट भएका १८ जना पुरुष र ८ जना महिला गरि जम्मा २६ जना कोरोना संक्रमण जितेर डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

योसँगै बाँकेमा संक्रमण मुक्त भई डिस्चार्ज हुनेहरुको संख्या ३ हजार २९५ पुगेको छ । जिल्लाका २४५ र जिल्ला बाहिरका २९ जना गरि कुल २७४ जना विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

बिरामीको निको हुने दर बाँकेमा प्रति सयमा ९२.१४ प्रतिशत रहेको छ ।

  • ३० कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech