कोरोनाका कारण विदेशमा करिब २९३ नेपालीले ज्यान गुमाए

    • स्वास्थ्य पेज

  • ३० कार्तिक २०७७, आईतवार

 

काठमाडौं ३०, कात्तिक ।

शनिवार साँझ सम्म देशबाहिर कोरोना भाइरसका कारण २ सय ९३ जना नेपालीको मृत्यु भएको छ ।

यो साता भारतमा भाइरस संक्रमणका कारण थप ८ जनाको मृत्यु भएसँगै विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीहरुको संख्या २ सय ९३ पुगेको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ ।

विश्वभर विभिन्न देशमा अनुमानित ४५ हजार बढी नेपालीमा कोराना संक्रमण पुष्टि भएको छ भने करिब ४१ हजार बढीले कोरोना संक्रमण जितेका छन् ।

वल्र्ड मिटरका अनुसार विश्वभर करिब ५ करोड ३१ लाख ६४ हजारमा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै १३ लाख बढीको मृत्यु भएको विश्व स्वास्थ्य संघठनमा रिर्पोट भएको छ ।

  • ३० कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech