भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०७७, बिहीबार

तस्विरः फाइल

नेपालगन्ज, २२ जेष्ठ ।
भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २६० जनाको मृत्यु भएसँगै भारतमा कोरोना भाइरसका कारण ६ हजार ७५ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिनुभयो ।

त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि दुई लाख १६ हजार ९१९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका नौ हजार ३०४ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा देखिएको छ ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech