मनोज गजुरेल कोरोना संक्रमण मुक्त ,महामारीबाट आफू जोगिन र अरुलाई जोगाउन अपिल

    • स्वास्थ्य पेज

  • ३० कार्तिक २०७७, आईतवार

 

काठमाडौं ३०, कात्तिक ।

कोरोना संक्रमण पछि स्वास्थ्य लाभ गरिरहनुभएका चर्चित हाँस्य कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त हुनुभएको छ ।

११ दिनदेखि अस्पतालमा उपचारमा रहनुभएका गजुरेल संक्रमण जितेर डिस्चार्ज हुनुभएको हो । कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सुरुमा होम आइसोलेसन बसिरहनुभएका गजुरेलको स्वास्थ्यमा समस्या आएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना हुनुभएको थियो ।

रिपोर्ट नेगेटिभ आएपछि अहिले घर फर्किएर आराम गरिरहेको गजुरेलले जानकारी दिनुभयो ।

केही दिनमा पूर्ण स्वस्थ्य भएर काममा फर्कने छु , गजुरेलले सामाजिक सन्जाल मार्फत भन्नुभएको छ । अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पूर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई उहाँले धन्यवाद दिनुभएको छ ।

सामाजिक सन्जाल मार्फत गजुरेलले भन्नुभएको छ, सकेसम्म यो महामारीबाट आफू जोगिऔँ र अरुलाई पनि जोगाऔँ । दिपावलीको सबैलाई शुभकामना ।

  • ३० कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech