भेरीको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २९ कार्तिक २०७७, शनिबार

 

नेपालगन्ज २९, कात्तिक ।

भेरी अस्पताल नेपालगन्जको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार २४ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालले जारी गरेको सुचनामा दिउसो २ बजेसम्म १५ जना पुरुष र ९ जना महिलामा संक्रमण पुष्टि भएको हो । ९७ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा हालसम्म ४८ हजार ३६६ नमुना परीक्षण सम्पन्न भएको छ । त्यसमध्य४ हजार १२७ जनामा संक्रमण पुष्टि भएको छ ।

  • २९ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech