प्रा.डा गोविन्द केसीलाई कोरोना पुष्टि, श्वासप्रश्वासमा समस्या

    • स्वास्थ्य पेज

  • २८ कार्तिक २०७७, शुक्रबार

काठमाडौं २८, कात्तिक ।
प्रा.डा गोविन्द केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ज्वरो तथा खोकीको समस्या बढ्दै गएपछि उहाँले विहीबार त्रिशुली अस्पतालमा कोरोना परीक्षण गराउनुभएको थियो । उहाँको आज शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

केसीलाई श्वासप्रश्वासमा समस्या देखिएको उहाँका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार डा केसीको हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । डा केसीको थप स्वास्थ्य परीक्षण भइरहेको पनि उहाँले जानकारी दिनुभयो । डा केसीलाई डा सुबास आचार्यको टिमले हेरिरहेको छ।

चिकित्सा शिक्षा सुधारका लागि डा केसीले १९ औं पटक अनसन बसिसक्नुभएको छ । पछिल्लो पटक उहाँ जुम्लाबाट १९ औं अनसन सुरु गरेर काठमाडौं त्रिविमा झन्डै चार हप्ता अनसन बस्नुभएको थियो ।

सरकारसँग ८ बुँदे सहमतिसँगै अनसन तोडेको करिव महिना दिनपछि डा केसीलाई भाइरस संक्रमण पुष्टि भएको हो । सरकारी सेवाबाट अवकास पाएपछि डा केसी दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिदै आउनुभएको छ ।

  • २८ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech