काग तिहारका दिन बाँकेमा ४४ जना डिस्चार्ज,२७३ जना स्वास्थ्य लाभ गर्दै

    • स्वास्थ्य पेज

  • २८ कार्तिक २०७७, शुक्रबार

 

नेपालगन्ज २८, कात्तिक ।

काग तिहारका दिन बाँकेमा ४४ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

जिल्लामा रहेका विभिन्न संस्थागत आइसोलेसन र होम आइसोलेसनबाट २६ जना महिला र १८ जना पुरुष गरि ४४ जना डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

कात्तिक १८ गते कोभिड पुष्टि भएपछि विभिन्न आइसोलेसनमा आइसोलेट भएका उहाँहरु डिस्चार्ज भएसँगै बाँकेमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ३ हजार २३८ पुगेको छ ।

अब जिल्लाका विभिन्न आइसोलेसनमा बाँकेका २४८ जना र जिल्ला वाहिरका २५ जना गरि २७३ जना स्वास्थ्य लाभ गरिरहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

  • २८ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech