बाँकेमा १० वर्षमुनिका ८५ बालबालिका संक्रमित

    • स्वास्थ्य पेज

  • २७ कार्तिक २०७७, बिहीबार

नेपालगन्ज २७, कात्तिक ।
बाँकेमा कोरोना भाइरस संक्रमितमध्ये १० वर्ष मुनिका ८५ जना बालबालिकामा संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४ सय ९१ जना कोरोना संक्रमितमध्ये ८५ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो।

तीमध्ये ४१ जना बालिका र ४४ जना बालक रहेका छन् । नेपालमा २ लाख २ हजार ३ सय २९ जना कोरोना संक्रमितमध्ये ५ हजार ३ सय ३४ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो।

तीमध्ये २ हजार १ सय ८७ जना बालिका रहेका छन् भने ३ हजार १ सय ४७ जना बालक रहेको मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी बाग्मती प्रदेशमा २ हजार ६ सय ४८ जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्।

त्यस्तै प्रदेश १ मा ५१७, प्रदेश २ मा ४३७, गण्डकी प्रदेशमा २२९, लुम्बिनी प्रदेशमा ५६५,कर्णाली प्रदेशमा २१०, सुदूरपश्चिम प्रदेशमा ७२८ जना बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ।

  • २७ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech