कोभिड महामारीमा खटिएका एम्बुलेन्स चालकको पीडा–‘कसैकोमा एकरात बास बस्न त के पिउने पानीसमेत दिन मान्दैन्थे’

    • स्वास्थ्य पेज

  • २७ कार्तिक २०७७, बिहीबार

एम्बुलेन्स चालक आशिष राना । तस्विरः नेपालगन्ज ग्यालरी

समिर/रिदम-
नेपालगन्ज २७, कात्तिक ।
वैशाख २२ गते नेपालगन्जको जोलहनपुरुवामा एकै पटक १७ जनामा कोरोना संक्रमण देखिएपछि सन्त्रास छायो । टोल सील गरियो । विशेष सुरक्षाका साथ संक्रमितलाई एम्बुलेन्समार्फत खजुरा कोरोना विशेष अस्पताल लगियो । तर, संक्रमितलाई पु¥याउने एम्बुलेन्स चालक आशिष राना मगरलाई भने अमानवीय व्यवहारजस्तै गरियो ।

साइनिङ अस्पताल खजुराको एम्बुलेन्स चलाउँदै आउनुभएका खजुरा–३ का आशिषलाई कोरोना बिरामी बोकेको भन्दै ‘छि छि र दूरदूर’ कै व्यवहार गरियो । बिरामीको उपचार सेवामा दिनरात कच्ची, धुलाम्मे, हिलाम्मे यात्रा नभनी निरन्तर सेवामा समर्पित आशिष सेवाको नाममा सुरु सुरुमा उल्टै अपहेलित भएको गुनासो सुनाउनुभयो । ‘७० दिनसम्म त म घरै गएन् । परिवारसँग फोनमा र भिडियोमा कुरा हुन्थ्यो’ उहाँले भन्नुभयो । ‘कसैकोमा एकरात बास बस्न त के पिउने पानीसमेत दिन मान्दैन्थे’ कोरोनाको उपचारमा खटिएका एम्बुलेन्स चालक आशिष भन्नुहुन्छ–‘तर अहिले धेरै सहज भएको छ ।’

एम्बुलेन्स चालक आशिष राना । तस्विरः नेपालगन्ज ग्यालरी

एम्बुलेन्स चालक आशिष राना । तस्विरः नेपालगन्ज ग्यालरी

कोरोनाका बिरामी बोकेकै कारण सबैभन्दा बढी अपमान नरैनापुरमा सहनु परेको तीतो अनुभव उहाँले सुनाउनुभयो ।कोरोनाका विरामी लिन गएका उहाँ धन्न स्थानीयको कुटाइमा पर्नुभयो । विरामी लिन किन आएको भन्दै उल्टै स्थानीयले अवरोध गरे । बिरामी बोक्दा सम्बन्धित निकायबाट आवश्यक मास्क, पञ्जाजस्ता सामग्री पाएपनि उहाँले न खानाका लागि स्थानीय सरकारले सोध्यो न त बस्नलाई बासको अवस्था बारे नै सोध्यो । यस्तो जोखिममा काम गर्दापनि स्थानीय सरकारले नहेरेको गुनासो उहाँको छ ।

विरामी बोकेर लगेपछि आइसोलेट हुनेदेखि खानपिन सबै आफैले खर्चिनु परेको अनुभव उहाँले सुनाउनुभयो । जवकी कोभिडका विरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई खाना तथा बस्नको सुविधा थियो । त्यो संकटमा मानवीय दायित्व निभाउँदा पनि राज्यले आफुहरुलाई सहयोग नगरेको उहाँको गुनासो छ । सरकार आफैले भनेको थियो कोभिड भत्ता एम्बुलेन्स चालक र सहचालकलाई दिने भनेर । त्यही अनुसार निर्देशिका पनि जारी भएको उहाँले सुन्नुभएको छ । तर भत्ता पाउनुभएको छैन् । उहाँको प्रश्न छ –‘किन झुट बोलेको सरकार ?’

  • २७ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech