कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ५ करोड १३ लाख

    • स्वास्थ्य पेज

  • २६ कार्तिक २०७७, बुधबार

काठमाडौं २६, कात्तिक ।

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ करोड १३ लाख नाघेको छ।  बुधबार  बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड १३ लाख  ३९ हजार ५ सय ७७ जना  संक्रमित भएको तथ्यांक रहेको छ।

अमेरिकामा संक्रमितको संख्या एक करोड २ लाख ३८ हजार २ सय ४३  पुगेको छ। त्यस्तै भारतमा ८५ लाख ९१ हजार ७ सय ३०, ब्राजिलमा ५६ लाख ७५ हजार ३२ र रुसमा १८ लाख २ हजार ७ सय ६२  जनामा  ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १२ लाख ७० हजार  नाघेको छ ।पछिल्लो तथ्यांक अनुसार १२ लाख ७० हजार ७८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा २ लाख ३९ हजार ५ सय ९८,  ब्राजिलमा १ लाख ६२ हजार ८ सय २, मेक्सीकोमा  ९५ हजार २७, बेलायतमा ४९ हजार ८ सय ६१, इटालीमा ४२ हजार ३ सय ३० जनाको मृत्यु भएको छ

विश्वभर तीन करोड ३४ लाख ७१ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन्। बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५१ लाख ८३ हजार ९ सय ७०, अमेरिकामा ३९ लाख ६१ हजार ८ सय ७३, रुसमा १३ लाख ४१ हजार ८ सय ६८  जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि एक लाख ९९ हजार ७ सय ६०  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ६० हजार ५ सय ७७ जना संक्रमणमुक्त भएका छन् भने एक हजार १ सय  १ सय ४८ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ८५ लाख ९१ हजार ७ सय ३० पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २७ हजार ५९ पुगेको छ। भारतमा हालसम्म ७९ लाख ६३ हजार ४ सय ५७ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ३ लाख ४६ हजार ४ सय ७६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार  जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख १९ हजार ४ सय ३१ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख २३ हजार ६ सय २० पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार १ सय ८ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  ३ लाख ४१ हजार ४ सय १६ छ।

अफ्गानिस्तानमा संक्रमितको संख्या ४२ हजार ४ सय ६३ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय ७७ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार ९ सय ५४  जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ३० जना रहेको छ। मृत्यु हुनेको संख्या ४१ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार १ सय ८२ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या १४ हजार ७ सय १५ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ४१ छ भने निको हुनेको संख्या ९ हजार ५ सय ३७ रहेको छ।भुटानमा संक्रमितको संख्या ३६४ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३४२ छ।

  • २६ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech