२४ घण्टामा २ हजार ७३६ कोरोना संक्रमित थपिए, थप २२ संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २५ कार्तिक २०७७, मंगलवार

काठमाडौं २५, कात्तिक ।

पछिल्लो २४ घण्टामा २२ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९५३ संक्रमित निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । यसमध्ये १ लाख ६० हजार ५७७ जना निको भइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेको कुल संख्या १ हजार १४८ पुगेको छ ।

३८ हजार ३५ जना आइसोलेसनमा रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • २५ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech