ब्राजिलमा २४ घण्टामा कोरोनाले मृत्यु हुनेको संख्यामा अहिलेसम्मकै धेरै

    • स्वास्थ्य पेज

  • २१ जेष्ठ २०७७, बुधबार

बीबीसी–
ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसको कारण एक हजार २६२ जनाको मृत्यु भएको छ । यससँगै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३१ हजार १९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा २८ हजार ९३६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या पनि पाँच लाख ५५ हजार ३८३ पुगेको छ ।

पेन अमेरिकन हेल्थ अर्गनाइजेशन ९पीएएचओ०ले ब्राजिलले अहिलेसम्म कोरोना भाइरस नियन्त्रणका लागि पर्याप्त कदम नउठाएको भन्दै सरकारको आलोचना गरेको छ । साथै पीएएचओले अहिले कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध खुकुलो नपार्न पनि चेतावनी दिएको छ ।

पीएएचओले ब्राजिलका आदिवासीमा देखिएको जोखिमबारे पनि चिन्ता व्यक्त गरेको छ । उनीहरुलाई थप निगरानी आवश्यक रहेको पीएएचओको भनाइ छ । अमेजन क्षेत्रमा अवैध उत्खननले पनि आदिवासीमा कोरोना भाइरसको जोखिम बढाएको पीएएचओले बताएको छ ।

  • २१ जेष्ठ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech