वेष्टर्न अस्पताल नेपालगन्जमा बर्दियाका संक्रमित पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०७७, सोमबार

 

नेपालगन्ज २४, कात्तिक ।
नेपालगन्जको वेष्टर्न अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दिया बासगढी नगरपालिका ८ का ३५ बर्षीय पुरुषको उपचारका क्रममा सोमवार ८ः१५ मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

खुट्टाको जोर्नीमा समस्या भएपछि आइतवार उनी अस्पताल भर्ना भएका थिए । उनको कोरोना परीक्षणका लागि २४ गते विहान स्वाव निकालिएको थियो । बागेश्वरी ल्यावमा गरीएको परीक्षणमा साँझ ५ बजे रिपोर्ट पोजेटिभ आएको थियो।

उनलाई तत्काल रोगको प्रकृति अनुसार गर्नुपर्ने सबै पद्धतिको उपचार गर्दा गर्दै मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाको मृतक संख्या ३२ पुगेको छ ।

  • २४ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech