भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०७७, सोमबार

तस्विर : फाइल

नेपालगन्ज २४, कात्तिक ।
भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १५ दाङका ६४ बर्षका पुरुषको सोमवारराती ९ः०९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई आइतवार भेरी अस्पतालमा भर्ना गरिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको आइतवार नै स्वाब निकालिएको थियो ।

त्यसको रिपोर्ट आज सोमवार आएको थियो । तर अवस्था खस्कदै गएपछि उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै बाँकेमा उपचार गर्न आएका बाहिरी जिल्लाका ३१ जना संक्रमितको अहिलेसम्म मृत्यु भइसकेको छ ।

  • २४ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech