कोरोनाको अवस्था पत्ता लगाउन संकलन गरिएको नमुनाको परीक्षणको सुरु

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०७७, सोमबार

काठमाडौं २४, कात्तिक ।

नेपालमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन ‘सेरो प्रिभिलेन्स सर्भे’ का लागि देशभरबाट संकलन गरिएको नमुना (एन्टिबडी)को परीक्षण सुरु भएको छ ।

विश्व स्वास्थ्य संगठनको सहयोगमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सातै प्रदेशमा तीन हजार १५० जनाको नमुना (रगत) संकलन गरेको थियो । महाशाखाका निर्देशक डा वासुदेब पाण्डेले प्रत्येक प्रदेशबाट ४५० जनाको दरले तीन हजार १५० जनाको दसैंअघि नै नमुना संकलन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सातैवटा प्रदेशमा प्रत्येक प्रदेशको ३० वटा वडाका १५ परिवारको नमुना लिइएको छ । महाशाखाका अनुसार विदेशबाट आएको चार साता भएका र पाँच वर्षमाथिका उमेर समूहका व्यक्ति नमुना लिइएको जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झाका अनुसार तिहारअघि नै नमुना परीक्षण भइसक्ने बताउनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनले रि एजेन्ट गत साताको अन्तिममा दिएको थियो अहिले परीक्षणको कार्य भइरहेको छ ।

संक्रमणदर ५० प्रतिशतभन्दा मुनि देखियो भने हामीले संक्रमण उच्च बिन्दुमा पुग्‍नै बाँकी छ भनेर बुझ्नुपर्छ र सोही अनुसार नियन्त्रणको तयारी गर्नुपर्नेछ ।

यसैगरी एन्टिबडी परीक्षणबाट नेपालमा कति प्रतिशत व्यक्ति संक्रमित भए भन्‍ने पत्ता लाग्छ । अर्को विश्व स्वास्थ्य सगंठनले हाल नेपालको संक्रमणको समुहमा रहेको बताउँदै आएको छ । तर, जनस्वास्थ्य विज्ञहरुले समुदायमा फैलिसकेको बताइरहेका छन् तर यो सर्भेबाट संक्रमणको यकिन अवस्था पत्ता लाग्ने महाशाखाको भनाइ छ ।

  • २४ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech