२५७१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०७७, सोमबार

काठमाडौं २४, कात्तिक ।

देशभर कोरोना भाइरसका थप दुई हजार ५७१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५७१ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १२६ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ७९८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ५९ हजार ७२४ जना डिस्चार्ज भएका छन् ।

हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर ९६७ जना क्‍वारेन्टिनमा रहेका छन् ।

 

  • २४ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech