देउखुरीमा अब पालिका स्तरमा आइसोलेसन

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०७७, सोमबार

दाङ २४, कात्तिक ।

दाङको देउखुरी क्षेत्रका चारवटा स्थानीय तहले पालिका तहमा कोरोना संक्रमितको उपचारको लागि आइसोलेसन सेन्टर स्थापना गर्ने भएका छन्। राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाहरुको संयुक्त लगानीमा सञ्चालन गर्ने भएका हुन् ।

राप्ती प्राविधिक शिक्षालयमा सञ्चालनमा रहेको कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टर आगामी मंसिर १ गतेवाट बन्द गर्ने र आइसोलेसनलाई पालिका तहमा लैजाने निर्णय भएको छ।

हालसम्म दुई सय ४६ जना यहाँबाट उपचार पाएर घर फर्किएका छन्। अहिले ९ जना संक्रमितको यहाँ उपचार भइरहेको छ। राप्ती प्राविधिक शिक्षालयको पूर्वाधार र जग्गा प्रदेश सरकारलाई हस्तान्तरणको प्रकृया सुरु भएपछि यहाँ सञ्चालन भएको आइसोलेसन पालिका तहमा लैजाने निर्णय भएको हो।

देउखुरीमा रहेका चारवटै स्थानीय तहले आ–आफ्नो पालिकामा आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय भएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिनुभयो ।

  • २४ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech