जुम्लामा तीन दिनका लागि निषेधाज्ञा

    • स्वास्थ्य पेज

  • २१ जेष्ठ २०७७, बुधबार

जुम्ला २१, जेष्ठ ।
जुम्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन आजदेखि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले आज बिहान ९ बजेदेखि पर्सि राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो ।

जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको देवकोटाले बताउनुभयो । कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गर्दै उहाँले निषेधाज्ञाको अवज्ञा गरे कानुन बमोजिम कारबाही हुने चेतावनी दिनुभयो ।

  • २१ जेष्ठ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech