बैजनाथमा २० शैयाको कोभिड अस्थायी अस्पताल संचालन

    • स्वास्थ्य पेज

  • २३ कार्तिक २०७७, आईतवार

तस्विरः न्यूज मान सरोवर

कोहलपुर २३, कात्तिक ।

बाँकेको बैजनाथ गाउँपालिकाले कोभिड-१९ अस्थायी अस्पताल संचालनमा ल्याएको छ । गरीव परिवारलाई लक्षित गरेर २० शैयाको कोभिड १९ अस्पताल संचालनमा ल्याइएको बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले स्वास्थ्य पेजलाई बताउनुभयो ।

पछिल्लो समय लक्षण चिन्ह देखिएका संक्रमितहरु बढ्न थालेपछि पालिकाभित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अस्पताल संचालन गरिएको उहाँको भनाइ छ ।

२० शैयाको सो अस्पतालमा ५ शैयामा अक्सिजन जडान गरिएको छ । उक्त कोभिड अस्पतालमा डा सन्जे सिग्देल सहित अन्य २ जना स्वास्थ्यकर्मी र १ जना कार्यालय सहयोगी रहने छन् ।

 

 

  • २३ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech