२४ घण्टामा २८१७ कोरोना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २३ कार्तिक २०७७, आईतवार

काठमाडौं २३, कात्तिक ।

देशभर कोरोना भाइरसका थप दुई हजार ८१७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८१७ संक्रमित थपिएका हुन् ।यससँगै कुल संक्रमितको संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ८१२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ५७ हजार ९२७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ८१ दशमलव १ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ३११ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १५ लाख ४० हजार ७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसनमा ६ हजार २२२ जना र होम आइसोलेसनमा २९ हजार १९७ जना रहेका छन् । आजसम्म देशभर एक हजार १४९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३९८ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

 

  • २३ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech