चामुण्डामा १५ शैयाको अस्पताल निर्माणको तयारी

    • स्वास्थ्य पेज

  • २२ कार्तिक २०७७, शनिबार

 

दैलेख २२, कात्तिक ।

दैलेखको चामुण्डा बिन्द्रासैनीमा १५ शैय्याको अस्पताल निर्माणको तयारी सुरु गरिएको छ । चामुण्डा बिन्द्रासैनी नगरपलिका ८ मा अस्पताल निर्माणको तयारी सुरु भएको हो । उपचार नपाएर कसैले पनि सास्ती खेप्न नपरोस भन्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागिएको नगरपालिकाले जनाएको छ ।

अस्पताल संचालन गर्नको लागि स्कृत भइसकेको छ । अहिले दुईवटा भवन निमार्णको सुरुवात गरिएको वडाअध्यक्ष विरबहादुर शाहीले बताउनुभयो। अबको एक वर्ष भित्रमा संचालनमा ल्याउने गरी निर्माण सुरु गरिएको उहाँको भनाइ छ । उक्त अस्पताल सञ्चालनमा आएपछि २४ सै घन्टा विशेषज्ञ चिकित्सकका साथै स्वाथ्यकर्मीहरुले सेवा दिनेछन् ।

अस्पताल संचालन गर्नको लागि करिब अढाइ करोडको डेण्टर हुने तयारीमा छ । अहिले पनि नगरपालिकाले सानो तिनो ल्याव जडान गरी संचालन गर्ने तयारी गरेको छ । सानोतिनो घाउँ खटिराको शल्यक्रिया गर्नको लागि पनि सुर्खेत, नेपालगञ्ज जानुपर्ने यहाँका स्थानीयको बाध्यता छ । यहाँ सामान्य सिटामोल बाहेक अन्य कुनै पनि स्वास्थ्य उपचार पाउन कठिन छ । जनाताको उपचारको सहजता र आबश्यकतालाई मध्यनजर गरेरअस्पताल संचालन गर्न लागिएको नगरप्रमुख सुर्यबहादुर शाहीले बताउनुभयो ।

  • २२ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech