कर्णाली डिस्टलरीका ४२ सहित बाँकेमा आज ५६ जना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २२ कार्तिक २०७७, शनिबार

नेपालगन्ज २२, कात्तिक ।
बाँकेमा आज ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । जिल्लाका दुई वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५६ जनामा भाइरस संक्रमण देखा परेको हो ।

भेरी अस्पताल नेपालगन्जमा ५० जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुर प्रयोगशालमा ६ गरी २४ महिला र ३२ पुरुषमा भाइरस संक्रमण फेला परेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । तीमध्ये ४२ जना कर्णाली डिस्टलरी प्रालिका छन् ।

नेपालगन्ज खजुरा रोडमा रहेको मदिरा उत्पादक सो कम्पनीबाट १ सय ५८ जनाको नमुना संकलन गरिएको थियो । त्यसमा ४२ जनामा भाइरस संक्रमण देखिएको फोकलपर्सन श्रेष्ठले बताउनुभयो । आज पुष्टि भएका संक्रमितसहित बाँकेमा कूल संक्रमितको संख्या ३ हजार ३ सय ९२ पुगेको छ । आज ३५ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या ३ हजार ३२ पुगेको छ । अहिलेसम्म जिल्लामा कोरोना भाइरस संक्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन्। तीमध्ये महिलाको संख्या १३ रहेको छ भने बाँकी २२ जना पुरुष हुन् ।

  • २२ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech