आज २७५३ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २२ कार्तिक २०७७, शनिबार

 

काठमाडौं २२, कात्तिक ।

देशभर कोरोना भाइरसका थप दुई हजार ७५३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७५३ संक्रमित थपिएका हुन् ।यससँगै कुल संक्रमितको संख्या एक लाख ९१ हजार ७३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार २०६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ५५ हजार ११४ जना डिस्चार्ज भएका छन् । आजसम्म १५ लाख २५ हजार ७७६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

  • २२ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech