नेपालगन्ज मेडिकल कलेजमा दाङका कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २१ कार्तिक २०७७, शुक्रबार

तस्विरः फाइल

कोहलपुर २१, कात्तिक ।

कोरोना भाइरस संक्रमणबाट नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-५
दाङका ७६ बर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार साँझ ६ः ४० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएलगत्तै उनी १३ गते अस्पताल भर्ना भएका थिए । उनले त्यसको अघिल्लो दिन कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । उपचारकै क्रममा आज उनको मृत्यु भएको हो ।

योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका २७ जनाको भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech