कोरोना भाइरस संक्रमणबाट बाँके राप्तीसोनारीका ४८ बर्षिय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • २१ कार्तिक २०७७, शुक्रबार

तस्विरः फाइल

नेपालगन्ज २१, कात्तिक ।
कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका-६ शम्शेरगन्जका ४८ बर्षीय पुरुषको शुक्रबार भाइरस संक्रमणबाट मृत्यु भएको हो ।

भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनको बेलुका ५ः२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि कातिक २ गते भेरी अस्पतालमा भर्ना भएका थिए । उनको त्यसैदिन स्वाव संकलन गरिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको उपचारकै क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech