तुलसीपुर उपमहानगरपालिकाले पीसीआर मेसिन किन्ने

    • स्वास्थ्य पेज

  • २१ कार्तिक २०७७, शुक्रबार

दाङ २१, कात्तिक ।
तुलसीपुर उपमहानगरपालिकाले कोरोना परीक्षण गर्ने पीसीआर मेसिन किन्ने भएको छ । कोरोना संक्रमण दर बढ्दै गएपछि पालिकाले पीसीआर मेसिन किन्ने निर्णय गरेको हो । कोरोना परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीसम्म जानुपर्ने बाध्यता भएको भन्दै कार्यपालिकाको बैठकले तुलसीपुरमै पीसीअर मेसिन राखेर परीक्षण गर्ने निर्णय गरेको मेयर घनश्याम पाण्डेले जानकारी दिनुभयो।

कार्यपालिकाको बैठकले आईसियू स्थापना गर्ने समेत निर्णय गरेको छ। लक्षण देखिएका बिरामीको संख्या बढेसँगै आईसियको अभाव देखिएकाले स्थापना गर्न लागिएको उहाँले बताउनुभयो । मेयर पाण्डेले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालका साथै उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो अस्पतालमा गरेर ६ बेडसम्मको आईसिय स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।

आईसिय स्थापनाका लागि उपमहानगरपालिकाले स्थापना गरेको मेयर विपद् व्यवस्थापन कोषलाई परिचालन गर्ने निर्णय गरेको समेत उहाँको भनाइ छ। यस्तै कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि सम्बन्धित वडालाई जिम्मेवारी दिने निर्णयसमेत बैठकले गरेको छ। दाङमा अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट मात्रै कोरोना चेकजाँचको लागि स्वाब परीक्षण हुने गरेको छ ।

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech