कोरोना संक्रमित कति छन् आईसीयू र भेन्टिलेटरमा ?

    • स्वास्थ्य पेज

  • २१ कार्तिक २०७७, शुक्रबार

तस्बिर:फाइल

काठमाडौं २१, कात्तिक ।
देशभर लक्षणसहितका कोभिड १९ संक्रमित बढेपछि आईसियूमा उपचार गराउनेको संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ४ सय २८ जनाको आईसियू र ७४ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

आइसियूमा गम्भीर बिरामीको उपचार गरिन्छ भने त्योभन्दा पनि सिकिस्त बिरामीलाई कृत्रिम श्वासप्रश्वास अर्थात् भेण्टिलेटरमा राखेर उपचार गरिन्छ।

गम्भीर बिरामी परेका सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा रहेको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। जसअनुसार २ सय ११ आईसियू, भेन्टिलेटरमा ३५ र होम आइसोलेसनमा १८ हजार ६ सय ३२ रहेका छन्।

लुम्बिनी प्रदेशमा २ हजार ५ सय ८३ होम आइसोलेसनमा रहेका छन्। आईसियूमा ६२ र भेन्टीलेटरमा ५ जना छन्। प्रदेश १ को होम आइसोलेसनमा ४ हजार ६ सय ९८, आईसियूमा ४५ र भेन्टीलेटरमा १३ संक्रमित छन्।

गण्डकी प्रदेशको होम आइसोलेसनमा १ हजार ७ सय १०,आईसियूमा ८९ र भेन्टीलेटरमा १७ जना छन्। प्रदेश २ मा ८ संक्रमित आईसियूमाउपचाररत छन्। होम आइसोलेसनमा ९ सय ८६ संक्रमित छन्।

कर्णाली प्रदेशको विभिन्न जिल्लामा गरी होम आइसोलेसनमा बस्नेको संख्या २ सय ५५ पुगेको छ। आईसियूमा ४ जना उपचाररत छन्। त्यसैगरी, सुदूरपश्चिममा होम आइसोलेसनमा बस्नेको संख्या ७ सय १० र आईसियूमा ९ र भेन्टीलेटरमा ४ जना संक्रमित उपचाररत छन्।

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech