सम्झौता कार्यान्वयन गर्न डा केसीद्धारा सरकारको ध्यानाकर्षण

    • स्वास्थ्य पेज

  • २० कार्तिक २०७७, बिहीबार

काठमाडौं २०, कात्तिक ।
चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका प्राध्यापक डाक्टर गोविन्द केसीले आफूसँग भएका सम्झौता छिटो कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी प्रा डा केसीले पछिल्लो पटक १९ औं सत्याग्रहका क्रममा सरकारले गरेका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्नुभएको हो ।

सम्झौताहरु कार्यान्वयनमा सरकार उदासिन देखिएको भन्दै उहाँले सम्झौताहरु कार्यान्वनयको अवस्था कहाँ पुग्यो भन्दै सरकारलाई प्रश्नसमेत गर्नुभएको छ । १९ औं अनसन बसेका केसी र सरकारबीच गत असोज २४ गते राति ८ बुँदे सम्झौता भएको थियो । त्यसो भोलिपल्ट केसीले अनसन तोड्नुभएको थियो ।

समाजवादको नारा लगाउँदै शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भनेर भोट मागेकाहरुले नै जनताको पेटमा लात हानेको उहाँको आरोप छ ।

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech