बाँकेमा जिल्लाका २६ र बाहिर जिल्लाका ३१ जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २० कार्तिक २०७७, बिहीबार

 

नेपालगन्ज २०,कात्तिक ।
बाँकेमा सन्चालनमा रहेका विभिन्न पीसीआर प्रयोगशालामा बिहिबार(साझँ ५ बजेसम्म) थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्लामा रहेको भेरी अस्पतालको पीसीआर प्रयोगशालामा २० जना , नेपालगन्ज मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशालामा ६ जना गरी २६ जनामा संक्रामण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि हुनेहरु ८ जना महिला र १८ जना पुरुष रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ३ हजार ३१३ पुगेको छ ।

जिल्लाका विभिन्न आइसोलेसनबाट बिहिबार ६ जना डिस्चार्ज भएसँगै कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार ९७९ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

आजै भेरीमा ७ महिला र १६ पुरुष गरि २३ जना र नेपालगन्ज मेडिकल कलेजको पीसीआर प्रयोगशालामा ३ महिला र ५ पुरुष गरि ८ जना (जम्मा ३१ जना)बाहिर जिल्लाका नागरिकमा समेत संक्रमण पुष्टि भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभएको छ ।

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech