कोरोनाबाट मृत्यु हुनेलाई एक लाख

    • स्वास्थ्य पेज

  • २० जेष्ठ २०७७, मंगलवार

बुटवल २०, जेष्ठ । 

प्रदेश ५ सरकारले कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ दिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय गरेको प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

कोरोनाबाट मृत्यु हुनेको शव बोक्ने वाहन अभाव भएकाले शव बोक्नका लागि दुई वटा शववाहन खरिद गर्न दुईवटा अस्पताललाई १५–१५ लाख रुपैयाँ दिने निर्णय भएको उहाँले बताउनुभयो ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पतालमा बनाइएको कोरोना विशेष अस्थायी अस्पताललाई १५–१५ लाख रुपैयाँ दिने निर्णय भएको उहाँले बताउनुभयो ।

यस्तै प्रदेश सरकारले कोरोना कोष निर्देशिका परिमार्जन गरी कोरोना विशेष अस्पतालमा खटिने प्रहरीलाई खाना खर्च र स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मीलाई पनि भत्ताको व्यवस्था गर्ने निर्णय गरेको छ ।

बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष  स्थापना र सञ्चालन० निर्देशिका पहिलो संसोधन २०७७ स्वीकृत गर्दै यस्तो सुविधा दिने निर्णय भएको हो ।

मन्त्री चौधरीका अनुसार बैठकले लैंगिक सम्पर्कविन्दु व्यवस्थापन र परिचालन कार्यविधि २०७७ र प्रदेश बालक्लब सञ्जाल गठन तथा सञ्चालनसम्बन्धि कार्यविधि २०७७ पारित गरेको छ ।

  • २० जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech