भारतीय सेनाद्धारा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री प्रदान

    • स्वास्थ्य पेज

  • २० कार्तिक २०७७, बिहीबार

काठमाडौंं २०, कात्तिक ।

भारतीय सेनाले नेपाली सेनालाई केही थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ। नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

उहाँले सैनिक मुख्यालयमा भएको कार्यक्रममा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । केही भेन्टिलेटरसहित दुईवटा फिल्ड अस्पताल स्थापनाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री भारतीय सेनाले प्रदान गरेको हो ।

नरवणेले भारत सरकारको तर्फबाट एक्सरे मेसिन, रेडियोग्राफी सिस्टम, आइसीयू भेन्टिलेटर भिडियो इन्डोस्कोपी युनिट, एनेस्थेसिया मेसिन, प्रयोगशालाका सामग्रहरु, एम्बुलेन्ससहितका सामग्री प्रदान गर्नुभएको छ।

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech